Logo
१७ बैशाख २०८१, सोमबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम्बोडियाका लागि आज प्रस्थान गर्दै प्रधानमन्त्री

हनोइ :  प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ५ दिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६ गते यहाँ आउनुभएको थियो ।

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनाम नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्रीका साथ उहाँका नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्