Logo
६ जेष्ठ २०८१, आईतबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस कारण लगाईयो श्रीलंकामा फेसबुक पुन: प्रतिबन्ध

श्रीलंकामा पुन: सामाजिक सञ्जालमा बन्द गरिएको छ । मुस्लिम धर्मालम्बीका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेपछि सरकारले सोमबारदेखि फेसबुक, इन्स्टाग्राम, युटुब, भाइबर र ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो ।

आइतबार क्रिश्चियनको बाहुल्यता रहेको चिलाव सहरमा मस्जिदमाथि ढुंगामुढा र एक मुस्लिम धर्मालम्बीलाई कुटपिट भएपछि थप हिंसा भड्किन नदिन सरकार सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो । गत वैशाख ८ गते श्रील‌कामा भएको आत्मघाती हमलामा २ सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।

क्रिश्चियन धर्मालम्बीका चर्च र पाँच तारे होटलमा भएको हमलापछि पनि श्रीलंका सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । सामाजिक सञ्जाल फेसबुकमा सामाजिक सद्भाव भड्किने गरी पोस्ट गर्ने केहि मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्