Logo
१२ श्रावण २०८१, शनिबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मेघगर्जन र हावाहुरीसहित वर्षा, सतर्क रहन विभागको आग्रह

काठमाडौं : आज काठमाडौं उपत्यकासहित देशका केहि भूभागमा मौसम बदली भई मेघ गर्जनसहित वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यस क्षेत्रका केहि ठाउँमा छिटफुट वर्षाको सम्भावना पनि रहेको मशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए ।

दिउँसो मौसम खुल्ने र साँझपख पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद रिमालको भनाइ छ । मध्यक्षेत्रका केहि स्थानमा र पूर्वी तराईमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसका लागि सतर्क रहन विभागले भनेको छ ।

सोमबार राति पनि देशभरि आंशिक देखि सामान्य बदलि रही पहाडी भूभागहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्