Logo
६ जेष्ठ २०८१, आईतबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाइलटको अद्भुत ल्याण्टिङ प्रयासले जोगिए ८७ यात्रीको ज्यान (भिडियो)

म्यान्मार :  म्यान्मारको मण्डाले अन्तरराष्ट्रिय विमानस्थलमा एउटा ठूलो दुर्घटना हुनबाट जोगियो । मानिसहरु त्यतिबेला निकै आत्तिए जब म्यान्मार नेशनल एयरलाइन्सको एक विमानले पछाडिको पाङ्ग्रामा मात्र आपत्कालीन अवतरण गर्नुपर्यो ।

विमानमा ८२ यात्री र ७ क्रु मेम्बर्स थिए जो पूर्ण रुपमा सुरक्षित छन् । यो घटना आइतबार बिहान ९ बजेको हो । वास्तवमा एम्ब्रइर १९० को अगाडिको पाङ्ग्रा नखुलेपछि पाइलटले विमानलाई रनवेमा पछाडिको पाङ्ग्राको मद्दतले उतारे । अवतरण गर्नेबेला विमानको अगाडिको भाग रनवेमा घिस्रँदै अघि बढेको थियो । विमानस्थलका प्रवक्ता क्यो सेनका अनुसार क्याप्टेन म्याट मोइ ओंगले अवतरण अघि कन्ट्रोल टावरलाई विमानको अगाडिको पाङ्ग्रा खोल्न नसकेको जानकारी दिइसकेका थिए ।

विमान याङ्गोनबाट मंडले जाँदै थियो । विमानमा खराबी देखिएपछि उनले आपत्कालीन प्रक्रिया अपनाएको विमानस्थलले जानकारी दिएको छ विमान अवतरण गरिरहेको भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा विमानले पछाडिको पाङ्ग्रामा मात्रै अवतरण भइरहेको देख्न सकिन्छ ।

‘पाइलटले निकै अद्भूत काम गरे,’ विन कान्ट, म्यान्मारका यातायातमन्त्रीले रोयटर्सलाई भने । म्यान्मारमा यो हप्ता विमानमा गडबडीको यो दोस्रो घटना हो । गत बुधबार यंगून एयरपोर्टमा आँधीका बेला बंगलादेश एयरलाइन्सको एक विमान अवतरणका बेला रनवेमा चिप्लिएको थियो जसमा कम्तीमा १७ जना घाइते भएका थिए ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्