Logo
३१ असार २०८२, मंगलबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हावाहुरीका कारण फेवातालमा छाल : पार्किङ गरी राखिएका ५० भन्दा बढी डुंगा पल्टिए

पोखरा : आइतबार दिउँसो एक्कासी चलेको हावाहुरीका कारण फेवातालमा छाल आएको छ । केहीसमयसम्म चलेको हुरीका कारण बाराही घाट र तालबाराही मन्दिर छेउ पार्किङ गरी राखिएका ५० भन्दा बढी डुंगा पल्टिएका छन्।

दर्शनका लागि मन्दिर पुगेका दर्शनार्थी तालमा आएको छालका कारण रोकिएका थिए। तालमा पल्टिएका डुंगाको उद्धारमा रेस्क्यु टावरका शसस्त्र प्रहरीले सहयोग गरेका थिए।

हावाहुरी चल्ने संकेत देखिनासाथ डुंगा सञ्चालनमा रोक लगाइएको थियो। मावनीय क्षति नभएको वडा प्रहरी कार्यालय बैदामका डिएपी कोमल शाहले जानकारी दिए ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्