Logo
६ जेष्ठ २०८१, आईतबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा आफ्नो छुट्टै प्रान्त स्थापना गरेको आइएसको दाबी

नयाँ दिल्ली :  अन्तर्राष्ट्रिय आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)ले भारतमा आफ्नो छुट्टै प्रान्त स्थापना गरेको दाबी गरेको छ। जम्मुकाश्मिरमा लडाकु समूह र भारतीय सुरक्षा फौजबीच भएको झडपमा आइएससँग सम्बन्ध रहेको भनिएका लडाकुको मृत्यु भएपछि आइएसले यस्तो दाबी गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

आइएसको समाचार एजेन्सी ‘अमाक’ले शनिबार यससम्बन्धमा विज्ञप्ती जारी गरेको थियो । जसका अनुसार आइएसले स्थापना गरेको नयाँ प्रान्तको नाम ‘विलायाह अफ हिन्द’ राखिएको जनाएको छ ।

भारतीय प्रहरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सोपियान जिल्लामा लामो समयदेखि आतंकवादी गतिविधिमा संलग्न इस्फाक अहमद सोफी नामक एक लडाकु प्रहरीसँगको इन्काउन्टरमा मारिएको दाबी गरेको थियो। भारतीय सेनाको विज्ञप्ती पछि आइएसले नयाँ प्रान्त स्थापना गरेको सूचना दिँदै विज्ञप्ती सार्वजनिक गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सिरिया र इराकका आधार इलाकाबाट परास्त भएपछि यतिबेला आइएसले ‘हिट एन्ड रन’ र आत्मघाती आक्रमणको रणनीति अपनाइरहेको छ। जसमा २ सय ५० जनाको ज्यान जाने गरी श्रीलंकामा इस्टर सन्डे बम आक्रमण गरेको थियो ।

इस्लामिक अतिवादीहरुको समूह ट्र्याक गर्ने एसआइटिई इन्टेलका निर्देशक रिता काट्जले आइएसको दाबी झुटो भएको बताएका छन् । तर पनि यसलाई नजरअन्दाज भने गर्न हुँदैन उनी भन्छन् ‘आइएसको पछिल्लो घोषणाले विश्वको ध्यान खिच्न सक्छ तर यस्तो अप्ठेरो क्षेत्रमा क्यालिफेटको नक्सा पुनः निर्माण गर्नुको पछाडि त्यति धेरै महत्व भने छैन,’ उनले बताए।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्