Logo
११ श्रावण २०८१, शुक्रबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वअर्थमन्त्री पाण्डेले यसरी गरे पूर्वप्रधानमन्त्री डा. भट्टराईको टिप्पणी

काठमाडौं : पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका सांसद सुरेन्द्र पाण्डेले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमा फ्रस्ट्रेसन देखिएको टिप्पणी गरेका छन ।

आइतबार प्री-बजेटमा संघीय संसद प्रतिनिधिसभा बैठकको छलफलमा सहभागी हुँदै पाण्डेले बजेटका सिद्धान्त र प्राथमिकतामाथि बोल्ने क्रममा डा। भट्टराईमा फ्रस्ट्रेसन देखिएको बताएका हुन । बजेटका सिद्धान्त र प्राथमिकतामाथि भट्टराईको धारणा पनि सान्दर्भिक नभएको भन्दै पाण्डेले प्रतिवाद गरेका थिए ।

पूर्वप्रधानमन्त्री भट्टराईपछटि आफ्नो धारणा राख्न रोस्ट्रममा पुगेका सांसद पाण्डेले डा. भट्टराईमा स्पष्ट रूपमा फ्रस्ट्रेसन देखिएको बताएका हुन । उनले सन् १९८० को दशकको प्रसंग उल्लेख गर्दै भट्टराईको टिप्पणी सोही किसिमको फ्रस्ट्रेसन जस्तै भएको तर्क गरेका थिए। पाण्डेले भने, १९८० को दशकमा पूर्व कम्युनिष्टहरू पनि जुन देशमा क्रान्तिहरू गर्न सकेनन् र असफल भइसकेपछि निराश मानिसहरूले नयाँ आधुनिकतावादको कुरा गर्न थाले र कम्युनिष्ट आन्दोलनको प्रवाह रोकियो । अब यो अगाडि जादैन भन्दै नयाँ आधुनिकतावादको कुरा गर्न थाले र क्रिटिकल मोडर्निष्ट विचार त्यस सिलसिलामा जन्म भए ।

दक्षिणपन्थीहरूभित्र पनि एक खालका दक्षिणपन्थीहरूबाट विरक्तिएका वामपन्थी आन्दोलनबाटै बिरक्तिएकाले यस खालका विचार ल्याए तर त्यो पनि विचार कुनै नयाँ परिणाममुखी, कुनै कुराबाट त्यो निर्देशित थिएनन् । वास्तवमा भन्ने हो भने त्यो एक प्रकारको फ्रस्ट्रेसनको अभिव्यक्ति थियो । यो चिज हाम्रो देशमा पनि स्वयम् डा. भट्टराईमा व्यक्त भयो ।

बजेटका सिद्धान्त र प्राथमिकता आधा निद्रामा लेखिएको भन्ने डा. भट्टराईको टिप्पणी सान्दर्भिक नभएको पाण्डेको भनाइ थियो । उनले बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादनवृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दै गर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने पाण्डेले बताए ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्