Logo
६ जेष्ठ २०८१, आईतबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लेबनानमा रहेका २ लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता

लेबनान :  द्वन्द्वबाट विस्थापित भएर लेबनान पुगेका करिब २ लाख सिरियालीहरु स्वदेश फर्किएका छन् । लेबनानमा शरणार्थीको रुपमा रहेकाहरु सन् २०१७ देखि स्वदेश फर्किन थालेका हुन् ।

उनीहरूलाई स्वदेश फर्काउन लेबनानका सुरक्षा निकायले सिरियाली अधिकारीसँग समन्वय गरिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । सिरियाली अधिकारीका अनुसार सन् २०१८ मा सिरिया फर्किनेको संख्या अत्यधिक रहेको थियो ।

सिरियाले लेबनानमा रहेका शरणार्थी स्विकार्ने जनाएपछि उनीहरूलाई स्वदेश फिर्ती प्रक्रिया अगाडी बढाउने गरिएको लेबनानी अधिकारीले बताएका छन् । यतिबेला रमादानका कारण स्वदेश फर्किनेको संख्या घटे पनि त्यसपछि सिरिया फर्किनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय कार्यालयमा झन्डै १० लाख सिरियाली शरणार्थीको दर्ता भएपनि लेबनानले सिरियाली शरणार्थीको संख्या १५ लाखभन्दा धेरै रहेको बताएको छ ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्