Logo
१७ बैशाख २०८१, सोमबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडकी यी नायिका पनि विवाह अघि आमा बन्दै

बलिउड नायिका एमी ज्याकसनपछि अब ब्रुना अब्दुल्लाह पनि विवाह अघि नै आमा बन्न लागेकी छिन् । ब्रुना ब्राजिलियन मोडल हुन् र उनले थुप्रै हिन्दी फिल्ममा काम गरिसकेकी छिन् ।

उनले गत वर्षको जुलाईमा बेलायती प्रेमी एलान फ्रेजरसँग इन्गेजमेन्ट गरेकी थिइन् । एक अन्तरवार्तामा ब्रुनाले आफू गर्भवती भएको खुलासा गरेकी छिन् । ब्रुनाले अन्तरराष्ट्रिय मदर्श डेको एक दिन अघि यसबारे जानकारी दिएकी हुन् ।

विवाहलाई आवश्यक ठान्दिनन् ब्रुनाः

अन्तरवार्ताको क्रममा जब उनलाई विवाह अघि नै आमा बन्न लाग्नुभयो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘विवाह तपाईंको प्रेमलाई दिइने एउटा प्रमाणपत्र मात्र हो । यसले दुई व्यक्तिलाई सँगै बस्नका लागि बाध्य बनाउँछ । केही मानिस विवाहै नगरी सँगै बस्छन् ।’

हाम्रो परिवार खुसी छः ब्रुना

ब्रुना पाँच महिनाकी गर्भवती हुन् । उनले आफ्नो बच्चा निकै स्वस्थ भएको बताइन् । उनी भन्छन्, ‘हाम्रो परिवार यो खुसीको खबरले निकै खुसी र उत्साहित छ । विशेषगरी मेरी आमा । उहाँ म आमा बनोस् भन्ने चाहनुहुन्थ्यो । एलन र म आफ्नो पहिलो सन्तानलाई निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छौं ।

जब मलाई म गर्भवती भएको भन्ने थाहा भयो तब मसँग विभिन्न काम थिए । सुरुमा मैले आफ्ना सबै काम पूरा गरेँ र त्यसपछि यसबारे खुलासा गरेँ । बच्चाको जन्म पछि म धेरैजसो समय उसैसँग बिताउनेछु ।’

अन्तिम पटक उडनछुमा देखिएकी थिइन्ः

ब्रुना हेट लभ स्टोरी, ग्रान्ड मस्ती, मस्तीजादे र क्यासजस्ता फिल्ममा काम गरिसकेकी छिन् । यसबाहेक उनले विभिन्न रियालिटी शोमा पनि काम गरिसकेकी छिन् । यसमा खतरोंका खिलाडी, नच बलिए सिजन सिक्स र कमेडी क्लासेज संलग्न छन् । उनलाई अन्तिम पटक उडनछुमा देखिएकी थिइन् ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्