Logo
१२ श्रावण २०८१, शनिबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैलेखमा ५.१ रेक्टरको भूकम्पको धक्का, केही घरहरूमा क्षति

काठमाडौं : गएराति साढे १२ बजे दैलेखमा भूकम्प गएको छ । गएराति १२ बजेर ३६ मिनेट जाँदा दैलेख नौमुले ४ बालुवाटारलाई केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले केही घरहरुमा क्षति पुगेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

गएराति १२:३६ मा दैलेख नौमुले ४ बालुवाटारलाई केन्द्रबिन्दु बनाएर ५.१ को भुकम्प गयो । सो भुकम्पले ४र५ वटा घरहरूमा सामान्य क्षति पुर्याएको अन्य अबस्था सामान्य रहेको प्रारम्भिक जानकारी छ ।

दैलेख केन्द्रबिन्दु बनाएर चैत १८ गते ४.१ रेक्टरको भूकम्प गएको थियो । त्यसबाहेक बझाङ केन्द्रबिन्दु बनाएर वैशाख २ गते ४.८ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यस्तै वैशाख ११ गते धादिङ केन्द्रबिन्दु बनाएर गएका दुईवटा भूकम्पले काठमाडौं आसपासमा समेत धक्का महसुस भएको थियो । वैशाख ११ गते ५.२ रेक्टरको भूकम्प गएको थियो ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्