Logo
२ जेष्ठ २०८१, बुधबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा आज छैटौं चरणको चुनाव : मेनका गान्धी, अखिलेश यादवसहित ९७८ को भाग्य परिक्षा

भारतको लोकसभा निर्वाचनअन्तर्गत छैटौं चरणको मतदान आज हुँदै छ  । अधिकारीहरूले चुनावका लागि सबै तयारी सुरु भएको र बिहान ७ बजेदेखि चुनाव सुरु भएको जनाएका छन् ।

यसका लागी शुत्रबारदेखि मौन अवधि सुरु भएको थियोे ।यस चरणमा ५९ निर्वाचन क्षेत्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

आइतबार हुने निर्वाचनबाट संघीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कंग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा) का प्राज्ञ सिंह ठाकुरसहित ९ सय ६८ को राजनीतिक फैसला हुँदै छ ।

छैटौं चरणमा उत्तर प्रदेशका १४, हरियाणाका १०, मध्य प्रदेश, बिहार र पश्चिम बंगालका ८/८, नयाँदिल्लीका ७ र झारखण्डका ४ वटा निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।

यसअघिको लोकसभा निर्वाचनमा ५९ सिटमध्ये भाजपा ४४ स्थानमा विजयी भएको थियो । भारतमा गत अप्रिल ११ देखि सुरु लोकसभा चुनाव मे १९ मा सकिनेछ ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्