चलचित्र ‘भारत’ पछि सलमान र शाहरुखलाई एउटै पर्दामा ल्याउदै अलि अब्बास
निर्देशक अलि अब्बास जफर आउँदै गरेको चलचित्र ‘भारत’ लाई लिएर निकै उत्साहित छन्। भारत यो वर्षको प्रतिक्षित चलचित्र मध्येको एक हो। ‘भारत’ मा अनुबन्धित हुनु अगाडि शाहरुख खान कुनै प्रोजेक्टमा काम गर्दै थिए।
‘भारत’ को प्रमोशनको समयमा अब्बासले शाहरुख खान र सलमान खानलाई एकसाथ ल्याउने खबरको खुलासा गरेका छन्। उनले आफूले सोचेको कुरा संभव हुने पनि बताए।
चलचित्र निर्माताका अनुसार सलमान र शाहरुख सँगै काम गर्न इच्छुक छन्। उनले थपे, ‘म दुवैलाई उपयुक्त हुने कथा लेख्दैछु। हामी यी दुवैलाई एकै स्क्रिनमा चाडै नै देख्दै छौँ।’
अलिले निर्माण गरेको चलचित्र भारतमा सलमान खान र कट्रीना कैफ एकसाथ देखिदैछन्। यो चलचित्रमा दिशा पाटनी, ज्याकिस्रोफ र सुनिल ग्रोबरले पनि अभिनय गरेका छन्। यो चलचित्र जुन ५ सन् २०१९ मा प्रदर्शनमा आउँदै छ।