Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीको छापापछि होटल याक एण्ड यतिबाट १२ भारतीय पक्राउ, दुबईको नेटवर्किङ कन्केसन

काठमाडौँ : राजधानी काठमाण्डौ स्थित दरबारमार्गमा रहेको होटल याक एण्ड यतीमा प्रहरीले छापा मारेर १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालमा अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका १२ जना भारतीय व्यापारी दुबईको इन्टरनेसनल साइन ग्रुपका प्रतिनिधि रहेको खुलेको प्रहरीले जनाएको छ । यो नेटवर्किङ कम्पनीको भारतमा शाखा कार्यालय रहेको र त्यहाँबाट उनीहरुले अबैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने गरेका थिए ।

नेपालमा पनि आफ्नो नेटवर्किङ बिस्तार गर्ने उदेश्यले यो टोली केही दिन अघि मात्रै काठमाडौँ छिरेको सूचना प्रहरीले पाएको थियो । यो समूहबाट ५० लाख रुपैयाँसम्म ठगीमा परेका व्यक्तिहरु प्रहरीको सम्पर्कमा आएका छन् ।

शुक्रबार मात्रै पनि उनीहरुले होटल याक एण्ड यतिमा नेपाली युवाहरुलाई प्रशिक्षण दिएको खुलेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए ।

शुक्रबार मात्रै नेपाली युवाले प्रतिव्यक्ति १२५० डलर उनीहरुलाई बुझाएको फेला परेको प्रहरीले जनाएको छ । डीएसपी बोगटीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

 

प्रकाशित मिति: May 11, 2019

प्रतिक्रिया दिनुहोस्