Logo
६ जेष्ठ २०८१, आईतबार
(May 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वका सबैभन्दा धनी व्यक्तिको यस्तो महान छ लक्ष्य

एजेन्सी : अमेजनका सीइओ जेफ बेजोसले शुक्रबार चन्द्र अभियानको अनवरण गरे । त्यस क्रममा बेजोसले ‘ब्ल्यू ओरिजित स्पेस प्रोग्राम’ अन्तर्गत तयार गरिएका रकेट इन्जीन र अन्तरिक्षयान पेश गरे । उनले देखाएको उपकरण प्रयोग गरेर चन्द्रमाको सतहमा ओराल्न मिल्ने ‘मुन ल्याण्डर’ तयार गरिनेछ ।

बेजोसको कम्पनीले तयार पारेको केही समय ‘मुन ल्याण्डर’मार्फत वैज्ञानिक उपकरण, भू-उपग्रह र रोभर(साना गाडि) मात्रै चन्द्रमा पठाइन सकिन्छ । वाशिन्टनमा भएको कार्यक्रममा नासा र अन्य कम्पनीका प्रतिनिधिको उपस्थितिमा बेजोसले अन्तरिक्षामा पूर्वाधारको ठूलो कमीले भएकाले अहिले नै ठूलो काम गर्न निक्कै महंगो पर्ने बताए ।

‘तर मेरो पीढिको काम अन्तरिक्षमा आधारभूत ढाँचा खडा गर्ने हो । यसले मात्र भावि दिनमा चन्द्र यात्राको मार्ग प्रशस्त हुन्छ ,’ बेजोसले भने । बेजोसले विभिन्न समयमा चन्द्र यात्रालाई सस्तो बनाउने चाहना व्यक्त गर्ने गरेका छन् । उनका अनुसार सस्तो यात्राले मात्रा चन्द्रमामा वस्ती सम्भव हुन्छ ।

‘मून ल्याण्डर’ अनवरण गर्ने क्रममा उनले अन्तरिक्षमा बसाइने मानव बस्ती९कोलोनी०को फोटो पनि देखाए । उनले देखाएको अन्तरिक्षको कोलोनीको नमूनामा मानिस अतिरिक्त जनावर र हरियाली पनि थियो ।

सन् २०२४ मा चन्द्रमामा पुन मानिस पु(याइने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसालै सन् २०२४ सम्म चन्द्रमामा पुनः मानिस पठाउने घोषणा गरेका थिए । नासाले यसको लागि विभिन्न नीजि कम्पनीसँग सहकार्य गरिरहेको छ । बेजोसको ‘ब्लू ओरिजिन प्रोग्राम’ त्यसै अन्तर्गतको एक नीजि कम्पनी हो । चन्द्रमामा मानिस पठाउने कुरामा यी दुई बीच सहकार्य छ ।

आफ्नो कार्यक्रम ट्रम्पले दिएको समयसिमामै पुरा हुने बजोसले बताए । बेसोसका अनुसार उनको कम्पनीले सन् २०१६ देखि यस दिशामा काम गरिरहेको छ ।

प्रकाशित मिति: May 11, 2019

प्रतिक्रिया दिनुहोस्