Logo
६ जेष्ठ २०८१, आईतबार
(May 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हङहङको संसदमा दुई पक्षका सांसदबीच भयाे हानाहान

एजेन्सी : शनिवार हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहालको अवस्था बन्यो । सुपुरर्दगी सम्बन्धमा ल्याउन लागिएको एक कानुनमा वहस चलिरहँदा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदबीच घम्साघम्सी सुरु भएको थियो ।
घटनापछि मुक्का हानाहान हुँदा एक जनालाई अस्पताल लगिएको छ ।

हङहङले आपराधिक आरोप लागेको व्यक्तिलाई सुपुरदर्गी गर्न अनुमति दिने कानुन लागु गर्न खोजेको छ । नयाँ परिवर्तनमा अपराधको आरोपमात्रै लागेका जो कसैलाई सुपुरदर्गी सम्झौता नभएका देशले मागेको खण्डमा समेत सुपुरदगी गरिने व्यवस्था छ ।

प्रस्तावित सुपुर्दगी काननु पारित भएमा बेइजिङको हङहङमाथिको नियन्त्रण बढ्ने यसका विरोधीहरुको भनाई छ । उनीहरुका अनुसार यसपछि अहिले हङहङलाई दिइदै आएको कयैन विशेषाधिकार र कानुनी संरक्षण नष्ट हुनेछ ।

सन् १९९७ सम्म ब्रिटिस उपनिवेश रहेको हङहङ, चीनलाई हस्तान्तरण गरिँदा यस क्षेत्रमा छुट्टै कानुनी–क्षेत्राधिकार हुने सहमति भएको थियो । शनिवार संसदमा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदले विधयकबारे अलग सुनुवाई सुरु गर्न थालेपछि तनाव उत्पन्न भएको थियो ।

तनाव बढ्दै जादाँ हात हालाहालको अवस्था सिर्जना भयो । सांसदहरु टेबल चढ्ने, एक अर्कालाई गाली गर्ने र दुई पक्ष भएर एक अर्कालाई ठेले । यस घम्साघम्सीबीच एक सांसद ग्यारी फ्यान बेस्कन पछारिए । लोकतन्त्र पक्षधर सांसद ग्यारी लडेर गम्भीर घाइते भएपछि अस्पताल लगिएको हो ।“यो हङहङको लागि अध्यारो दिन हो । विगतमा ताइवानको व्यवस्थापिकाका घम्साघम्सी देखेर हामी हासो ठट्टा गथ्र्यौं । अहिले हङहङमा त्यो भन्दा पनि खराब घटना भयो,” बेइजिङ-पक्षधर सांसद एलिजावेथ क्वाटले भनिन् ।

सुपुरदगी विधयक लागू भए हङहङलाई दिइएको विशेष स्वायत्तमाथिनै प्रहार हुने हो कि भन्नेमा जनस्तरमै डर देखिन्छ । त्यही कारण दुई हप्ता अघि सुपुरदगी विधयकको विरोधमा १ लाख ३० हजार मानिसले प्रदर्शन गरेका थिए ।

त्यस्तै कयैन हजारले संसदबाहिर भेला भएर विधयक परित्याग गर्नुपर्ने माग राखेका थिए ।

प्रकाशित मिति: May 11, 2019

प्रतिक्रिया दिनुहोस्