Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब डिप्रेसनको खतराबाट बच्न खानुहोस् च्याउ

काठमाडौं : केही समयअघि च्याउको नयाँ महत्वपूर्ण फाइदा पत्ता लागेको छ । च्याउले डिप्रेसनको सिकार भएकाको उपचारमा विशेष भूमिका खेल्ने एक अध्ययनबाट पत्ता लागेको हो । च्याउमा धेरै त्यस्ता तत्व हुन्छन्, जसले डिप्रेसनपीडितलाई राहत पुग्छ ।

बेलायतकोे इन्पेरियल कलेजका शोधकर्ताहरूका अनुसार यसमा भएको गुणले डिप्रेसनको दुस्प्रभावबाट बचाउने काम गर्छ । यसमा साइलोसाइबिन नामक तत्व हुन्छ, जसले डिप्रेसनको खतरालाई कम गर्न मद्दत गर्छ ।

डिप्रेसनको सिकार भएकालाई च्याउ खुवाएर यसको अनुसन्धान गरिएको थियो । त्यसबाट च्याउमा भएको साइलोसाइबिनले बिरामीको मुड र लक्षणलाई सुधार गरेको प्रमाणित भएको थियो । त्यस्तै, यसको प्रयोगले डिप्रेसनको सम्भावनालाई पनि कम गर्ने बताइएको छ ।

पत्र पत्रिकाबाट

प्रकाशित मिति: May 11, 2019

प्रतिक्रिया दिनुहोस्