Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रसर उद्योग बन्द गर्न स्थानीयबासी २९ दिनदेखि रिले अनसनमा

विराटनगर : मापदण्ड पूरा नगरी सञ्चालन भएका र सञ्चालनको तयारीमा रहेका मोरङको उर्लाबारी नगरपालिका १ मा सञ्चालित पाँचवटा क्रसर बन्द गर्न जिल्ला समन्वय समितिले पत्र काटेको छ । क्रसरका कारण मानव बस्ती जोखिममा बढ्नुका साथै मापदण्ड विपरित सञ्चालन भएका र क्रसर हटाउन माग गर्दै स्थानीयबासी २९ दिनदेखि रिले अनसनमा छन् ।

बस्ती र विद्यालय छेउमा सञ्चालन रहेका क्रसलाई व्यवस्थापन गर्न उद्योग पर्यटन वन तथा बाताबरण मन्त्रालयले चासो राखेपछि जिससले तत्काल बन्द गर्न निर्देशनसहित पत्र पठाएको हो । जिससले मापदण्ड अध्ययनका लागि सात सदस्य समिति गठन गरेको छ । समितिको अध्ययन प्रतिवेदन सार्वजनिक नभएसम्मका लागि बन्द गर्न पत्र पठाएको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।

नयाँ उद्योगलाई जुन अवस्थामा छ त्यस्तै छाड्न र सञ्चालनमा रहेका उद्योग भएका सामाग्री निकास गरी तत्काल बन्द गर्न पत्र पठाइएको जिल्ला समन्वय समिति मोरङका अधिकृत सरोज गौतमले जानकारी दिए । उर्लाबारी नगरपालिका १ मा पूर्वेली क्रसर उद्योग, पञ्चेश्वर क्रसर उद्योग, पाथीभरा क्रसर, सिदार्थ एग्रिगेट र देवीस्थान मिरल उद्योग सञ्चालनमा छन् ।

अबैध रुपमा सञचालन भएका क्रसरका कारण खानेपानी मुहान सुकेको, खेतीयोग्य जमिन, बस्ती र विद्यालयमा असर गरेको भन्दै स्थानीय वासिन्दा पाँच महिनायता आन्दोलनमा छन् ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्