Logo
१२ श्रावण २०८१, शनिबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली पुगे विश्वसम्पदा सूचीमा सूचीकृत हा लोङ खाडी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज हा लोङ खाडी भ्रमण गरेका छन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार ६ सय सानाठूला चूनढुङ्गाका द्वीपमा छरिएको छ । सन् १९९४ मा युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत यो खाडीमा विविध जैविकता रहेको छ ।

खाडीका कुवा, भान, बा हाङ, कोङ ताउ र भोङ भिएङ गाउँमा एक हजार छ सय जनसङ्ख्या छ जो माछा र सामुद्रिक जीवहरुमा निर्भर छन् । प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी हाल भियतनाम भ्रमणमा रहेका छन् ।

प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, सांसद, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, स्थानीय तहका निर्वाचित प्रतिनिधि, उद्योगी-व्यवसायी तथा सञ्चारकर्मी रहेका छन् ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्