Logo
६ जेष्ठ २०८१, आईतबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाद्वारा कोइला बोकेको उत्तर कोरियाली पानीजहाज जफत

अमेरिकाले उत्तर कोरियाको एक मालवाहक समुद्री जहाजलाई जफत गरेको छ । अमेरिकाले यो जहाजले अन्तर्राष्ट्रिय प्रतिबनधको उल्लंघन गरेको आरोप लगाउँदै आफूले जफत गरेको बताएको छ ।

अमेरिकाको न्यायिक विभागका अनुसार यो जहाजमा कोइला लिएर जाँदै गरिएको थियो । उत्तर कोरिया कोइलाको ठूलो निर्यातकर्ता हो तर संयुक्त राष्ट्रसंघले कोइला निर्यातमाथि प्रतिबन्ध लगाएको छ । यो जहाज सुरुमा अप्रिल २०१८ मा इन्डोनेसियामा पनि जफत गरिएको थियो ।

त्यसो त अमेरिकाले प्रतिबन्ध उल्लघंन गरेको आरोपमा उत्तर कोरियाली जहाजलाई जफत गरेको यो पहिलो पटक हो । तर, यही कारणले यी दुई देशबीचको सम्बन्धमा थप समस्या आउने अनुमान गरिएको छ ।

यही वर्ष फ्रेबुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ उनबीच भियतनामको हनोइमा भएको वार्ता पनि असफल भएको थियो । अमेरिकाले उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द नगरेको आरोप लगाउँदै आएको छ । उत्तर कोरियाले चाहिँ आफूमाथिका प्रतिबन्ध हट्नु पर्ने माग राख्दै आएको छ ।

यसबीच यो सातामात्रै उत्तर कोरियाले दुई पटक मिसाइल परीक्षण गरेको मानिएको छ । यसबारे ट्रम्पले दुई देशको सम्बन्ध बिगार्न उत्तर कोरिया उद्दत नहुनु पर्ने बताएका थिए । यसपटक अमेरिकाले जफत गरेको उत्तर कोरियाली जहाज द वाइज अनेस्ट हो ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्