Logo
१२ श्रावण २०८१, शनिबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका अध्यक्ष ढकाल अनामनगरबाट पक्राउ

काठमाडौँ : शुक्रबार काठमाडौंको अनामनगरबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको अनामनगरबाट ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले ढकाललाई पक्राउ गरिएकोे जानकारी दिए ।

प्रहरीका अनुसार ढकाललाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । प्रहरीले विप्लव निकटका नेता कार्यकर्तालाई नियन्त्रणमा लिदै आएको छ ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्