Logo
१२ श्रावण २०८१, शनिबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय संसद्का दुवै सदनमा आजदेखि पूर्वबजेटबारे छलफल हुने

काठमाडौं : संघीय संसदका दुवै सदनमा आजदेखि पूर्वबजेट छलफल सुरु हुँदै छ । दुवै सदनमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६र०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि छलफल प्रारम्भ हुनेछ ।

पूर्व बजेटमा कर प्रस्ताव बाहेकमा छलफल हुनेछ। पूर्व बजेट छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

त्यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । यसपटक पूर्व बजेट छलफल अघि नै सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्