Logo
१२ श्रावण २०८१, शनिबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनप्रति कठोर अमेरिका : भन्सारमा दोब्बर बृद्धि

अमेरिकाले चीनमा उत्पादित सामग्रीमाथिको भन्सार दर दोब्बर पारेको छ । दुई देशबीचको व्यापारयुद्ध चर्किंदै जाँदा अमेरिकाले यस्तो घोषणा गरेको हो ।

यसअघि १० प्रतिशत भन्सार लगाउँदै आएको अमेरिकाले अब चिनियाँ सामानमा २५ प्रतिशत कर लिनेछ । ट्रम्प प्रशासनको यो निर्णयबाट चीनका इलेक्ट्रोनिक्स, मेसिनरी, कार पार्टस् र फर्निचर उत्पादकहरू प्रत्यक्ष मर्कामा पर्नेछन्। सन् २०१८ को तथ्याकंअनुसार अमेरिकाले चीनसँग २५० बिलियन डलर भन्सार असुलेको थियो भने चीनले अमेरिकी सामानमाथि १२० बिलियन डलर कर लगाएको थियो ।

चीनले अमेरिकाको उक्त कदमप्रति खेद जनाउँदै उचित जवाफ दिनेु बताएको छ। तर उसको सम्भावित कदम प्रस्‍ट भइसकेको छैन । चीन सरकारले सम्वादबाट समाधान खोज्ने प्रयत्न जारी रहने जनाएको छ । दुई देशका प्रतिनिधिबीच वार्ता चलिरहेको अवस्थामा अमेरिकाले कठोर कदम चालेको हो । अमेरिकाले आफूले पूर्वघोषित निर्णय कार्यान्वयन मात्र गरेको र त्यसले वार्तामा कुनै असर नपार्ने बताएको छ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्