Logo
३० बैशाख २०८१, आईतबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भैरहवाको गौतमबुद्ध विमानस्थलमा तनाव, विमानको ढोकैबाट ओरालियो यात्रु

बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणले आकाशको यात्रासमेत रोकिँदा भैरहवाको गौतमबुद्ध विमानस्थलमा तनाव भएको छ ।
। काठमाडौं जाने विमानमा चढिसकेका यात्रुलाई ओरालेपछि भैरहवाको गौतमबुद्ध विमानस्थलमा तनाव भएको हो ।

बिहान ९ः४५ बजेको सौर्य एयरलाइन्सको फ्लाइट डिले ५ घण्टासम्म डिले (ढिलो) भएपछि यात्रु आक्रोशित भएका हुन् । सौर्य एयलाईन्सका कर्मचारीसंग यात्रुहरुले आक्रोश व्यक्त गर्दै झगडासमेत गरे । सो विमानबाट काठमाडौं जान ५० जनाले टिकट काटेका छन् ।

बिहान पौनै १० बजेको टिकट लिएका सबै यात्रुहरूलाइ प्रधानमन्त्रीको विदेश भ्रमण भन्दै विमानको ढोकैबाट ओरालिएकाे यात्रुहरूले बताए ।  यात्रुको समयको कुनै महत्व नदिएको भन्दै विमानस्थलमा यात्रुहरुले बिरोध जनाएका हुन् ।

 

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्