Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाका लागि नेपाली राजदूत कार्कीको समयावधि थपियाे

काठमाडौँ : सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीलाई अर्को व्यवस्था नहुँदासम्मका लागि निरन्तरता दिने भएको छ ।

सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबारको नियमित पत्रकार सम्मेलनमा डा.कार्कीको समयावधि थप गरेको जानकारी दिएको हो ।

पत्रकार सम्मेनलमा गत बैशाख २० र २३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरिएको थियो ।

त्यस्तै मन्त्रिपरिषदले विद्युत नियमन परिषदको अध्यक्षमा डिल्लीबहादुर सिंह तथा सदस्यहरुमा रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार र भागीरथी भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले अध्यागमन नियमावली २०५१ को नियम ४६ बमोजिम अनुसुची ९ र १२ हेरफेर गरी राजपत्रमा सुचना प्रकाशन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्