Logo
२५ बैशाख २०८१, मंगलबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थेसिसबारे विवाद हुँदा विद्यार्थीले गरे प्रोफेसरको हत्या

इन्डोनेशिया र इन्डोनेशियामा थेसिसको विषयमा एक जना विद्यार्थी र प्रोफेसरबीच विवादका क्रममा विद्यार्थीले आफ्नो प्रोफेसरको हत्या गरेका छन् । उक्त घटनामा विश्वविद्यालयको गाइडेन्स तथा काउन्सिलिङ विभागको शिक्षा संकायमा कार्यरत ५७ वर्षिया प्रोफेसर डा।एचजे नुरैन लुविसको मृत्यु भएको हो।

एक स्थानीय मिडिया रिपोर्टका अनुसार लुइस र उनका २१ वर्षीय विद्यार्थी रोर्मार्दो शाह सिरेगरबिच थेसिसको बारेमा कुराकानी भइरहेको थियो। त्यसपछि लुईस बाथरुमतर्फ अगाडि बढेकी थिइन्। केही समयपछि उनका विद्यार्थीले बाथरुमको अगाडि उनीमाथि आक्रमण गरेका थिए।

उनले प्रोफेसरको भनाइबाट अपमानित भएर उनीमाथि आक्रमण गरेको बताइएको छ। विद्याथीको आक्रमणपछि लुईस भुइँमा लडेकी थिइन् । ‘उनलाई उपचारका लागि तुरुन्तै अस्पताल पुर्‍याइएको थियो। उसले यस्तो किन गर्‍यो, हामीले बुझ्न सकेका छैनौँ,’ एक विद्यार्थीलाई उद्धृत गर्दै स्थानीय रिपोर्टमा भनिएको छ।

उक्त विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । लुविसको मृत्युपश्चात विश्वविद्यालयमा मंगलबार र बुधबार दुई दिन शोक मनाइएको छ। विश्वविद्यालयका निर्देशक र सम्पूर्ण विश्वविद्यालय परिवारले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दुई दिनसम्म विश्वविद्यालयका सम्पूर्ण कामकारवाही बन्द गरिएको जानकारी दिएका छन्। विद्यार्थीलेहरुले पनि लुविसको मृत्युप्रति दुःख व्यक्त गरेका छन्।

प्रोफेसर लुविसका भाई मोहम्मद जिन लुविसले आफ्नी दिदीको मृत्युमा विश्वविद्यालय दोषी भएको जनाउँदै भविष्यमा यस्ता घटना हुन नदिन राम्रो सुरक्षा व्यवस्था हुनुपर्ने जनाए।

‘मेरो परिवारमा यस्तो घटना होला भन्ने कुरामा विश्वास थिएन। मेरी दिदी एक राम्रो र असल व्यक्ति थिइन्’, उनले भने, ‘मेरो परिवारले दोषिमाथि कानुन बमोजिम कठोर सजाय हुने आशा राखेको छ।’

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्