Logo
१२ श्रावण २०८१, शनिबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई सांसद सिंहको प्रश्न : कर्मचारी सरुवा नगर्ने कानुनी व्यवस्था किन उलंघन गरेको ?

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले जथाभावी कर्मचारी सरुवा गर्ने परिपार्टीको तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन् । सांसद सिंहले २ वर्षसम्म कर्मचारी सरुवा नगर्ने कानुनी व्यवस्था किन उलंघन गरेको ? भनि सरकारलाई प्रश्न पनि गरे ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै उनले सरकारले ऐन उलंघन गरेर कर्मचारी सरुवा गर्ने काम गर्न नपाउने पनि स्पष्ट पारे ।

सांसद सिंहले समितिमा छलफल भईरहेको सो विधेयक कर्मचारीहरुले आफूखुसी तयार पारेको देखिएको उल्लेख गर्दैै आपत्ति पनि जनाए ।

यता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने कानुनसम्मत ढंगले कर्मचारी सरुवा हुने गरेको जवाफ दिनु भएको थियो ।  उहाँले कानुन र नियमावलीमा स्पष्ट नभएको कुरालाई भने सरकारले आवश्यक नीतिगत निर्णय लिएर अघि बढाउने पनि स्पष्ट पारे ।

मन्त्री पण्डितले कर्मचारीको सेवा र सर्तसम्बन्धि कानुनी व्यवस्थालाई अझै स्पष्ट बनाउन सरकारले सो विधेयक ल्याएको पनि बताए ।

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्