Logo
१२ श्रावण २०८१, शनिबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम र नयाँ शक्तिबीचको पार्टी एकतामा असन्तुष्ट शीर्ष नेताहरु नेकपा प्रवेश गर्ने तयारीमा

काठमाडौँ : संघीय समाजवादी फोरम पार्टी र नयाँ शक्ति पार्टीबीचको पार्टी एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने तयारी गरेका छन् ।

पार्टीभित्र परामर्श र छलफल विनै फोरमसँग एकता गरेको भन्दै असन्तुष्ट बनेका सचिवालयका केही नेता नेकपामा प्रवेश गर्ने गरी छलफल अघि बढेको एक नेताले बताए । बुधबारमात्रै तत्कालीन नयाँ शक्तिकी केन्द्रीय कार्यकारीणी सदस्य सीमा विश्वकर्मा नेकपामा प्रवेश गरेकी थिइन् । पार्टी कार्यालय धुम्बाराहिमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले नेता विश्वकर्मालाई प्रवेश गराएका थिए ।

ती नेताका अनुसार असन्तुष्टमध्ये पनि पूर्व माओवादी समूहका नेताहरु नेकपा प्रवेश गर्नेगरी छलफल अघि बढेको हो । ‘नयाँ शक्तिको सचिवालयमा रहेका पूर्वमाओवादी समूहका केही शीर्ष नेता नेकपामा प्रवेश गर्ने गरी अध्यक्ष प्रचण्डसँगै संवाद भएको छ, उनले भने, ‘लामो समयदेखि राजनीतिमा समर्पित भएको काम गर्नुभएकै साथीहरु हुनुहुन्छ । नेकपामा जाँदा पनि त्यही अनुसारको सम्मान चाहियो । छलफल चलिरहेको छ, तर टुंगिएको छैन ।’

स्रोतका अनुसार पूर्वमन्त्री समेत रहेकी नेता कल्पना धमलाले यो समूहको नेतृत्व गरेकी छन् । प्रचण्डसँग संवादमा पनि नेता धमला नै छिन् । आज प्रचण्ड आफ्नो विवाहको ५० औँ वर्षगाँठ मनाउने कार्यक्रममा व्यस्त भएको हुँदा ठोस रुपले संवाद अगाडि नबढेको बताइएको छ ।

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्