Logo
२४ बैशाख २०८१, सोमबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा दुई नेपाली विद्वान् सम्मानित

नयाँ दिल्ली : चर्चित ‘महर्षि बादरायण व्यास सम्मान’बाट भारतमा दुई नेपाली विद्वान् सम्मानित भएका छन् । राष्ट्रपति रामनाथ कोविन्दले स्थापना गरेको उक्त सम्मान डा। विश्वनाथ धिताल र डा। उमेश नेपाललाई प्रदान गरएको हो ।

दिल्लीमा आयोजित एक विशेष समारोहमा भारतीय उपराष्ट्रपति बैंकैया नायडूले उनीहरुलाई सम्मान गरे । पुरस्कारको राशि जनही एक लाख भारु छ ।

संस्कृत वाङ्मयमा युवावर्गलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्