Logo
२४ बैशाख २०८१, सोमबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठुलो परिणाममा चुरोट आयात गरेको आरोपमा ८ चिनियाँ नागरिकको भिसा रद्द

मेलवर्न :  लुकाएर चुरोट लैजाने ८ जना चिनियाँ नागरिकका भिसा अस्ट्रेलियाले रद्द गरेको छ । अस्ट्रेलियाको मेलवर्न अन्तर्राष्ट्रिय विमानस्थलमा लुकाएर ठुलो परिणाममा चुरोट आयात गरेको आरोपमा ८ चिनिँया नागरिकको भिसा रद्द गरिएको हो ।

गत मे ६ मा हङ्गकङ्ग हुँदै मेलर्वन प्रस्थान गरेका ८ जनाको समुहले चुरोट लगेजमा लुकाएर अस्ट्रेलिया भित्रिने प्रयास गरेको अस्ट्रेलियन बोर्डर फोर्सले जनाएको छ । उनीहरुले झण्डै १ लाख ७० हजार अस्ट्रेलियन डलर बराबरको चुरोट लुकाएरै त्यहाँ सम्म पुर्‍याउने प्रयास गरेका थिए । पर्यटक भिसामा अष्ट्रेलिया पुगेका उनीहरुलाई पक्राउ गरी भिसा रद्द गर्नुका साथै स्वदेश फर्काउन अध्यागमन थुनुवा केन्द्रमा राखिएको छ ।

नेपालबाट अस्ट्रेलिया जानेले पनि यो घटनाबाट पाठ सिक्नुपर्ने अस्ट्रेलियामा बसेका नेपालीहरुले बताएका छन् । विभिन्न बहानामा स्वघोषणा नगरी लुकाएर सामान लैजाँदा समस्या पर्ने भएकाले अस्ट्रेलियाको यात्रामा रहने जो कोहीले अवैध भनिएका र लुकाएर लैजाने सामानको बढी निगरानी हुने कुरालाई ख्याल गर्न सुझाव दिएका छन् । यस्तो अवस्थामा अस्ट्रेलियन अध्यागमले फेला पारे सोझै भिसा रद्द गर्ने र स्वदेश फर्काउने गरेको छ।

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्