Logo
१२ श्रावण २०८१, शनिबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधन गरेर भए पनि शान्ति प्रक्रियाका बाँकी सबै काम पूरा गर्नुपर्छ : प्रचण्ड

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सक्दो सहयोग गर्न आह्वान गरेका छन्।

अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न सरकारले सोसँग सम्बन्धित ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको नयाँ गठन प्रक्रिया सुरु गरिसकेको पनि जानकारी दिए।

मानवअधिकावादी नेता पदमरत्न तुलाधरको जिवनीमा आधारित पुस्तक ‘सर्वरत्‍न’ को बुधबार काठमाडौंका एक कार्यक्रमका बीच विमोचन गर्दै उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गरेर नेपालले विश्वमै उदाहरणीय बनेको छ। अब यसलाई पूरा गर्दै शान्तिको सन्देश दिन चुक्‍नुहुन्छ।’

उनले अन्तराष्ट्रिय मानव अधिकारसम्बन्धि मूल्य र मान्यताको आधारमा शान्ति प्रक्रिया अन्तर्गत सेना समायोजन लगायतका महत्वपूर्ण काम सम्पन्‍न भइसकेको र बाँकी कामलाई पूर्णता दिन ढिलाई गर्न नहुने पनि बताए।

उनले आफू नेतृत्वको तत्कालीन माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय पदमरत्न तुलाधरले पुर्‍याएको योगदानको स्मरण पनि गराए।

स्वर्गीय तुलाधरले नेपालको भाषा आन्दोलन, पहिचानको आन्दोलन, लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको दाहालले चर्चा गरेका थिए।

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले पनि स्वर्गीय पदमरत्न तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलन, भाषिक आन्दोलन र पहिचानको आन्दोलनमा दिएको योगदानको स्मरण गराएका थिए।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्