Logo
१७ बैशाख २०८१, सोमबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इनरुवको मेयरमा पराजित मनोज मेहता लण्डनमा सफलताको शिखर चुम्दै

स्थानीय तहको र्विाचनमा सुनसरी स्थित इनरुवा नगरपालिकामा मेयरका प्रत्यासी मनोज मेहता यतिबेला बेलायतमा पुर्ण रुपमा ब्यवसायमा सक्रिय रहेका छन् । काठमाण्डौंदेखि लण्डनसम्म बयवसायिक संजाल बनाएका मेहता प्रत्यक्ष राजनीतिमा उत्रिनु पुर्व पनि एक सफल ब्यवसायकै रुपमा स्थापित थिए । तत्कालिन लोकतान्त्रिक फोरमका उम्मेदवार मेहता अहिले भने फेरि ब्यवसायमै ब्यस्त छन् तर समाजिक कामकार्यमा पनि उनको योगदान उत्तिकै रहेको पाइन्छ ।

प्रस्तूत छ, जगन कार्कीले तयार परेको रिर्पोट :

सन् २०१७ को नेपालको स्थानीय निर्वाचनमा सुनसरीको इनरुवा नगरपालिकामा एक युवा अचानक देखा परे , त्यो पनि मेयरको रेसमा । बेलायतमा दशकभन्दा लामो संघर्ष गरेर व्यवसायिक तथा आर्थिक रुपमा सबल अवस्थामा पुगेर पनि मातृभूमिको सेवा गर्न नपाउंदा समनमा अशान्ति महसुस रहिरहेकोले मनोज मेहताले स्थानीय चुनावको लहर चलेसंगै हान्निए गृह नगर इनरुवा । नेपाल लोकतान्त्रिक फोरमले आफ्नो राम्रो पकड रहेको सुनसरीमा मेहताको राम्रो सम्भावना देखेर उनलाई मेयरको टिकट पनि दियो । त्यसै अवसरमा करिब २ महिना गृहनगर बसेर भरपुर प्रचार र स्थानीय सेवामा लागे ।

मनोज एक राजनीतिक परिवारमै हुर्किएको कारणले उनमा समाजसेवा र राजनीतिप्रतिको लगाव सुसुप्त रुपमा रहेको उनी बताउँछन । उनका पिता लक्ष्मण मेहता ३ दशक भन्दा बढीको राजनीतिक जीवनमा नेपाली कांग्रेसको राजनीतिमा लागेर लामो समयसम्म सांसद हुँदै मन्त्रीसम्म बनिसकेका हुन् । उनलाई पिताको बिरासत थामेर लामो समय राजनीति गर्नुभन्दा आफ्नो मातृभूमिमा आफुले संसारभर घुम्दै गर्दा देखेको विकासको एउटा गतिलो नमुना देखाउँदै प्रदेश र केन्द्र सबैलाई इच्छा शक्ति हुँदा गर्न सकिने गतिलो उदाहरण पेश मात्र गर्नु रहेको बताउछन ।

मनोज उक्त स्थानीय चुनावमा सम्मानजनक मत सहित पराजित भए तर निरास भएनन् । यति छोटो समयमा पनि आफ्नो क्षेत्रका बासिन्दाले गरेको विश्वास र मायाले आफ्नो जन्मभुमिप्रति अझ प्रेम र दायित्व बढेको महसुस भएको उनी बताउँछन् । चुनाव जित्नेको मात्र हैन हार्नेको पनि दायित्व आफ्ना क्षेत्रका मतदाताप्रति उतिकै रहेको ठान्ने मेहता चुनावपछि बेलायत फर्किएर पनि गाउँका विकास र सेवाको काममा लगातार सम्मिलित रहंदै आएका छन् । सामाजिक र मानव कल्याणका काममा कुनै न कुनै रुपमा उनी आफ्नो जन्मभुमिसंग नै जोडिंदै आएका छन् । सामाजिक कार्यहरुमा आर्थिक , नैतिक र अन्य रुपमा निरन्तर सहयोगमा लागिरहेको उनी बताउँछन् ।

जन्मभूमिको लागि जीवनपर्यन्त लागिरहने र एकदिन जनताको मन जितेर आफ्नो नगरको मेयर बनेर नै छाड्ने उनको धोको छ ।
विश्वका विभिन्न देश घुमेर त्यहाँको विकास हेर्दा आफ्नो मनमा मेरो देश अनि मेरो मातृभूमिमा यो विकास किन सम्भव छैन भन्ने प्रश्न बारम्बार आउने र त्यहांका विकासका मोडेल हेरेर निरन्तर सिक्ने गरको उनको अनुभव छ । आफुले विश्वभरबाट सिकेको , जानेको ज्ञानलाई आफ्नो मातृभूमिमा लगेर प्रसार गर्ने उनको धोको छ । अहिले पनि विभिन्न सामाजिक संघसंस्थाहरुलाई सल्लाह र सहयोग मार्फत पनि आफ्नो सिप ज्ञानलाई प्रसार गरिरहेको बताउँछन् ।

लन्डनमा २० वर्षको उमेरदेखि नै व्यवसाय गर्न सफल उनको व्यवसाय काठमाडौँमा पनि सफल भएपछि भविष्यमा आफ्नो गाउँमा यस्तै उत्कृष्ट नमुना पेश गर्दै उद्यम, व्यवसाय, कलकारखाना विकासको लागि योगदान गर्न लागिपर्ने मनोजको अठोट छ । आफ्नो जन्मभुमिको मायाले तानेर बेलायतको माया मार्न तयार भएर इनरुवा पुगेका मेहता चुनावमा पराजयपछि फेरी कर्मभुमि बेलायत फर्किएका छन् भने निरन्तर काठमाडौँमा रहेको आफ्नो निर्माण व्यवसाय र होटल सम्हाल्न पनि भ्याएका छन् । यसरी बेलायत र काठमाडौं जहाँ रहेपनि प्रविधिको सहाराले संसारको जुनसुकै कुनामा पनि सजिलै व्यवसाय गर्न सकिने उनको राय छ ।

बेलायत बसेर काठमाडौँमा स्तरीय होटेल चलाएका छन्, नेपालमा कन्स्ट्रक्सन कम्पनी अनि बेलायतमा रिक्रुटमेन्ट७लदकउस एजेन्सी , क्लिनिङ्ग एजेन्सी र रेष्टुरेन्ट व्यवसायमा पनि लगानी गरेका छन् ।  बेलायतमा २ छोरी र श्रीमतीको रेखदेख गर्दै निरन्तर व्यवसायमा लागेका मेहताको कम्पनी हाल लन्डनमा रहेका टप रेस्टुरा तथा होटलहरुमा कामदार सप्लाई गर्ने उत्कृष्ट कम्पनीहरुमध्ये एक पर्छ । नेपालीहरुमाझ सबै भन्दा बढी बेलायत सरकारलाई ट्याक्स बुझाउने कम्पनीमध्येमा पनि उनको कम्पनी एक छ ।

१ सय भन्दा बढी कर्मचारी , दैनिक कार्यभार र निरन्तरको लगनले छोटो समयमा नै उलेख्य स्थान जमाउन सफल मनोजको लन्डनस्थित अधिकांश विश्वस्तरका रेस्टुरेन्ट तथा होटल व्यवसायीहरुसंग उठबस छ । आफ्नो व्यवसायलाई अझै बढाउन र विस्तार गर्न होमिएका उनी बेलायतमा एक सफल युवा व्यवसायीको रुपमा स्थापित भइसकेका छन् ।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्