Logo
१२ श्रावण २०८१, शनिबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका–२, माङजाबुङमा मङ्गलबार राति भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँचथर फालेलुङ–५, प्राङबुङका १८ वर्षीय रोशन थाम्सुहाङ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई फिदिमस्थित जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परी ट्र्याक्टरका चालक याङवरक–३, ओयामका २१ वर्षीय सन्तोष मगर र सह–चालक फिदिम–९, लुम्फाबुङका २० वर्षीय धीरेन राई घाइते भएका छन् । कुम्मायक–२, माङजाबुङस्थित सुब्बाटोलबाट सल्लाको काठ लिई चौथी बजारतर्फ जाने क्रममा अनियन्त्रित भई लु १ त ६२४ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्