Logo
२४ बैशाख २०८१, सोमबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेक्सिको जेट विमान दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टी

मेक्सिको : मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् ।

अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी विमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो ।

चिकित्सकहरुले विमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजले बताए । उनले मृत्यु भएका व्यक्तिमध्ये ७ जनाको शरीर सग्लो स्वरुपमा भएपनि जलेको अवस्था रहेको तथा अरु ६ जनाको शरीर टुक्राटुक्रा भएको पनि जानकारी दिए ।

नागरिक उड्डयन अधिकारीहरुले बमबार्डियर च्यालेन्जर ६०१ जेट गत आइतबार सम्पर्क बिहीन भएको थियो । उनीहरुले मौसम खराब भएका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छन् । (एएफपी)

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्