Logo
२४ बैशाख २०८१, सोमबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुश्लिम धर्मको निन्दा गरेको भन्दै मृत्युदण्डको सजाय पाएकी एशिया बिबीले पाकिस्तान छोडिन्

पाकिस्तानमा एशिया बिबीको नामले चिनिने इसाई महिला क्यानडा तर्फ प्रस्थान गरेकी छन् । उनको असली नाम आसिया नोरीन हो । पाकिस्तानको सर्वोच्च अदालतले उनीमाथि निन्दाको अभियोग प्रमाणित गर्दै सन् २०१०मा झुण्ड्याएर मृत्युदण्डको सजाय सुनाएको थियो ।

पछि सन् २०१८को अक्टोबरमा सोही अदालतले प्रमाण नपुगेको भनेको थियो । २९ जनवरी २०१९ सम्म मुद्दाको पुनरवलोकन नगरिएसम्म उनलाई देश छोड्न दिइएको थिएन ।

उनलाई सन् २००९मा बाली थन्क्याउने काम गरिरहेको बेलामा साथीहरुसँगको कुराकानीमा मुश्लिम धर्मको निन्दा गरेको आरोपमा पक्राउ गरेर जेल हालिएको थियो ।

नोभेम्बर २०१०मा उनलाई न्यायाधीशले झुण्ड्याएर मृत्युदण्ड दिने सजाय सुनाएका थिए । सो विषयलाई लिएर संसारभरी नै हल्लीखल्ली मच्चिएको थियो । उनले भने आफूमाथि लगाएको आरोप अस्वीकार गर्दै आएकी थिइन् । (बीबीसी)

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्