Logo
२४ बैशाख २०८१, सोमबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रमदानको अवसरमा मुस्लिम धार्मिक स्थलमा बम बिस्फोट, ६ को मृत्यु

लाहोर :  पाकिस्तानी सहर लाहोरको एक मुस्लिम धार्मिक स्थानमा विस्फोट हुँदा कम्तिमा पनि ६ जनाको मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् ।

स्थानीय मिडिया जियो न्युजका अनुसार दर्जनभन्दा बढी घाइते भएका छन् । विस्फोट प्रहरी भ्यानलाई लक्षित गरि गराइएको जियो न्युजले जनाएको छ ।

दक्षिण एशियाको सबैभन्दा पुराना मध्ये एक मुस्लिम धार्मिक स्थलमा यो विस्फोटको पाकिस्तानभर आलोचना गरिएको छ । रमादान सुरु भएको महिनामा नै मुस्लिम समुदाय भेला हुने ठाउँमा भएको यो विस्फोटमा परि मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अनुमान छ ।

अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएको छैन । सन् २०१० मा यही ठाउँमा विस्फोट हुँदा दर्जनौँको मृत्यु भएको थियो ।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्