Logo
७ बैशाख २०८१, शुक्रबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रियंकाको स्वीमसूट अवतार : नेपालमा पहिलो पटक फेशनदार क्यालेण्डर प्रस्तुत

काठमाडौं : रुसलानले आफ्नो ब्राण्ड सद्भावना दूत प्रियँका कार्कीलाई समावेश गरिएको विशेष किसिमको क्यालेण्डर सार्वजनिक गरेको छ ।रुसलानले नेपालमा पहिलो पटक हाइ-फेशनको स्वीमसूटमा छायाँकन गरिएको फेशनदार क्यालेण्डर प्रस्तुत गरेको छ ।

यो वर्ष रुसलानले ग्राहकहरुको अभिरुचीलाई ध्यानमा राखेर दुई नयाँ नवीनतम ब्राण्ड रुसलान अल्ट्रा प्रिमियम भोडका र रुसलान गोल्ड रिजर्भ भोडकाको रचना गर्न सक्षम भएको छ ।

र पहिलो पटक ब्राण्डले देशको युवा प्रतिभाहरुमा सर्वाधिक रुचाइएकी प्रियँका कार्कीसँग सहकार्य गरेर रुसलान स्वीमसूट क्यालेण्डर २०७६ प्रस्तुत पनि गरेको छ ।

प्रियंका भन्छिन्, “रुसलान एक अद्भूत ब्राण्ड हो । अहिलेको व्यवसाय भनेको नै बजारमा तहल्का मच्चाउनु हो र जोखिमयुक्त तौर तरिकाहरु एवं नवीन सिर्जनाहरुको उपायद्वारा उपभोक्ता र दर्शकहरुसँगको सम्बन्धलाई नवीकरण गरिरहनु हो ।’

हाइ-फेशन क्यालेण्डरहरु मार्फत् ब्राण्ड आबद्धताको परम्परा विश्वव्यापी रुपमा एक प्रचलित विषय हो र ती मध्ये केही विश्व-स्तरका ब्राण्डहरु छन् ।

यसको छायाँकन भैरहवा स्थित उत्कृष्ट आरामदायी टाइगर प्यालेस रिजोर्टमा गरिएको हो ।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्