Logo
६ जेष्ठ २०८१, आईतबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानमा बालबालिकालाई कारले किच्दा १५ घाइते, सवारी चालक नियन्त्रणमा

जापान :  पश्चिम जापानमा बालबालिकालाई कारले किच्दा १५ जना घाइते भएका छन् । २ देखि ३ वर्ष उमेर समूहका प्रिस्कूलमा पढ्ने कलिला बालबालिकालाई पश्चिम जापानको शिगा प्रफेक्चरमा रहेको ओत्सु शहरमा कारले किचेको हो ।

घाइते हुनेमा १३ बालबालिका र उनीहरूका २ शिक्षक छन् । घाइते बालबालिकामध्ये ४ जना अचेत रहेको बताइएको छ । विद्यालय जान हिँडेका बालबालिकालाई बाटो काट्न सडकमा ट्राफिक लाइटको संकेत परिवर्तन हुने समय पर्खिरहेका बेला कारले किचेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले २ सवारी चालक महिलालाई गिरफ्तार गरेको छ ।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्