Logo
६ जेष्ठ २०८१, आईतबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्वाटेमालाको जेलमा गोली चल्दा ८ को मृत्यु, १७ जना घाइते

सांकेतिक तस्बिर

बीबीसी :  ग्वाटेमालाको एउटा जेलमा गोली चलेको छ । उक्त घटनामा परी ८ जनाको ज्यान गएको छ । राजधानी ग्वाटेमाला सिटी नजिकैको जेलमा गोली चलेको हो । जहाँ १७ जना घाइते भएका छन् ।

मदिरा सेवन गरेको कैदीले गोली चलाएको हुनसक्ने अनुमान गरिएपनि पुष्टि भएको छैन । गोली चल्नु अघि कैदीहरुबीच तीब्र भनाभन भएको प्रहरीको दाबी छ।

ग्वाटेमाला सिटी भन्दा करिब १५ किलोमिटर टाढा रहेको पाभोन जेलमा यो घटना घटेको हो । १ हजार जनाको क्षमता भएको यो जेलमा ४ हजार १ सय कैदी राखिएको छ । घटनापछि जेललाई नियन्त्रणमा लिइएको छ । अहिले अनुसन्धान शुरु भएको अधिकारीहरुले बताएका छन् ।

२०१६ मा यही जेलमा दंगा हुँदा १४ जना मारिएका थिए ।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्