Logo
३० चैत्र २०८०, शुक्रबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिग्रिएर रोकिराखेको सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

लहान :  पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गए राति एकको मृत्यु भएको छ ।

चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो । मल्हनियाँचोकमा बिग्रिएर रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा जयसवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्