Logo
१२ श्रावण २०८१, शनिबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेढ महिनामा नै कुपोषित बालबालिका तन्दुरुस्त

चितवन : कुपोषित भएका बालबालिकाहरु भरतपुर अस्पतालको पोषण पुनस्र्थाप्ना गृहमा आएको ४५ दिनमा नै तन्दुरुस्त हुने गरेका छन् । कुपोषणको शिकार भएका आएका बालबालिकाहरु १५ दिनदेखि ४५ दिनमा पूर्ण रुपमा स्वस्थ्य भएर घर फर्किने गरेका हुन् ।

पोषण पुनस्र्थापना गृहकी व्यवस्थापक सुशीला काफ्लेले कुपोषणबाट पीडित बालबालिकाहरुको उपचारका लागि भरतपुर अस्पतालमा नेपाल सरकारबाट २०६९ सालमा पोषण पुनस्र्थापना गृह सञ्चालनमा ल्याएको बताइन् ।

सो गृहबाट हालसम्म एक हजार ९५ जना बालबालिकाहरुले सेवा पाइसकेका छन् । बालबालिकामा सामान्य, मध्यम र गम्भीर प्रकृतिका कुपोषण देखिने भएपनि मध्यम र गम्भीर प्रकृतिका कुपोषण भएका बालबालिकालाई निशुल्क रुपमा भर्ना गरेर राख्ने गरेको काफ्लेले बताइन् ।

‘खानेकुरा खान नपाएर भन्दा पनि घरमा भएको खानेकुरा राम्रोसँग खान नजानेर बालबालिकाहरु कुपोषणको शिकार बन्दै गइरहेका छन्’ काफ्लेले भनिन्, –‘घरमा भएको खानेकुरालाई मिलाएर खान जानेको अवस्थामा कुपोषण लाग्ने सम्भावना हुँदैन ।’

पोषण पुनस्र्थापना गृहमा ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भर्ना गरेर राख्ने गरिएको छ । चितवन, नवलपुर, मकवानपुर, गोरखा, धादिङ, तनहूँलगायतका जिल्लाबाट कुपोषित बालबालिकाहरु पुनस्र्थापना गृहमा उपचारका लागि आउँछन् ।

गर्भवती तथा सुत्केरी आमाले पोषिलो खाद्य वस्तुको साटो प्लाष्टिकमा प्याक गरिएको जङ्क फुडहरु खाने, बालबालिकालाई आमा दुध नखुवाउने प्रवृत्ति बढ्दै जाँदा पाँच वर्ष मुनीको बालबालिकामा गम्भीर प्रकृतिको कुपोषण देखिदै आएको छ ।

घरमा उपलब्ध हुने खानेकुराहरु मिलाएर खुवाउन सकेको अवस्थामा बालबालिकालाई कुपोषणबाट जोगाउन सकिने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्