Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिपक्षी दल कांग्रेसको अवरोधबीच नीति तथा कार्यक्रम जस्ताको त्यस्तै पारित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच संघीय संसद् प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । कांग्रेसका सांसदहरु आफ्नो आसनबाट उठिरहे पनि सभामुखले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए ।

ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरे । कांग्रेसले प्रधानमन्त्री संसदीय मर्यादा पालना नगरेको भन्दै संसदमा नाराबाजी गरेको हो ।

संसदमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्‍नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपीशर्मा ओलीले आक्रोश, कुण्ठा र निम्छरा प्रश्‍नको वेवास्ता गर्नेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेको हो । प्रधानमन्त्रीले भनेका थिए, “म यहाँ केही आक्रोश, कुण्ठा र निम्छरा प्रश्‍न छोडेर अन्य प्रश्‍नको जवाफ दिन्छु ।”

सभामुख कृष्णबहादुर महराले पटक-पटक बस्‍न आग्रह गरे पनि कांग्रेसले नाराबाजी जारी राखेको हो । कांग्रेसले प्रधानमन्त्रीले आफूलाई वेवास्ता गरेको र संसदीय मर्यादा उल्लंघन गरेको भन्दै कांग्रेसले नाराबाजी गरेको हो ।

त्यसपछि प्रधानमन्त्री आफैंले भने, “प्रश्‍नको जवाफ चाहिएको छ कि छैन” भन्दै नाराबाजी गरेका सांसदहरुलाई प्रश्‍न गरेका थिए । त्यसपछि कांग्रेसका सांसदहरुले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्‍नको जवाफ दिनैपर्ने व्यवस्था भएको र संसदीय मर्यादा पालना गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्