Logo
१२ श्रावण २०८१, शनिबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरा विमानस्थलमा अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना

पोखरा : पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ बजे अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी गराउनुभएको छ ।

सो जाइरोकोप्टर विमानका चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । उहाँहरु दुवैजना सकुशल हुनुहुन्छ । कार्यालयका अनुसार सो विमानमा सामान्य क्षति भएको छ । विमानको पखेटा भाँच्चिएको र अगाडिको सिसा फुटेको छ ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्