Logo
६ जेष्ठ २०८१, आईतबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईपीएल : फाइनल प्रवेशका लागि मुम्बई र चेन्नई भिड्दै

 इन्डियन प्रिमिएर लिग आईपीएलक्रिकेटको फाइनल प्रवेशका लागि आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । शीर्ष स्थानमा रहँदै लिग चरण अन्त्य गरेको मुम्बई र चेन्नई पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्न लागेका हुन् । आजको विजेता फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।

चेन्नईको घरेलु मैदानमा खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । शीर्ष दुईमा रहँदै लिग चरण सकाएको चेन्नई घरेलु मैदानमा फाइनल यात्रा तय गर्ने रणनीतिमा छ । गत सिजनको साविक विजेता चेन्नई पुरानै लयलाई निरन्तरता दिने लक्ष्यमा रहँदा ३ पटक च्याम्पियन भएको मुम्बई चौथो उपाधिको लक्ष्यसहित फाइनलमा पुग्न चाहन्छ ।

मुम्बई लिगको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शनसहित लिग चरणमा शीर्ष स्थानमा रह्यो । दुबै टोली उपाधिका मुख्य दाबेदार हुन् । भारतका दुई अनुभवी खेलाडी महेन्द्रसिंह धोनीको कप्तानीमा चेन्नई र रोहित शर्माको कप्तानीमा मुम्बई मैदान उत्रिनेछ ।

मुम्बईले पछिल्ला ३ खेलमध्ये २ मा जित र १ मा हार ब्यहोरेको थियो । कोलकतालाई ९ विकेटले हराउँदै शीर्ष स्थानमा पुगेको मुम्बईले त्यसअघि सनराइजर्स हैदराबादविरुद्ध सुपरओभरमा जित र कोलकतासँग ३४ रनको हार ब्यहोरेको थियो ।

चेन्नई लिगको अन्तिम खेलमा किङ्स-११ पन्जाबसँग ६ विकेटले पराजित हुँदा दिल्ली क्यापिटल्सविरुद्ध ८० रनले बिजय भएको थियो । त्यसअघि मुम्बईसँग ४६ रनले पराजित भएको थियो ।

चेन्नईको सम्भावित प्लेइङ-११
सेन वाट्सन, फाफ डु प्लेसिस, सुरेश रैना, अम्बाती रायडु, महेन्द्रसिह धोनी, धरुभ सोरे, ब्राभो, रबिन्द्र जडेजा, दीपक चाहर, हरभजन सिंह र इमरान ताहिर

मुम्बईको सम्भावित प्लेइङ-११
डि कक, रोहित शर्मा, सूर्यकुमार यादव, इशान किसान, हार्दिक पाण्डे, किरोन पोलार्ड, क्रुनल पाण्डे, अनुकुल रोय, राहुल चाहार, लासिथा मालिगा र जसप्रित बुम्रराह

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्