Logo
६ जेष्ठ २०८१, आईतबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायती दरबारमा नयाँ राजकुमारको आगमन

लण्डन :  डचेज अफ ससेक्सले छोरालाई जन्म दिएकी छिन्, ड्युक अफ ससेक्सले यसबारे घोषणा गरेका हुन् । निकै खुसी देखिएका ह्यारीले आफूहरु निकै रोमाञ्चित भएको र जनतालाई समर्थनका लागि धन्यवाद दिएका छन् ।

उनले मेगन र बच्चा दुबै निकै राम्रो भएको र बच्चाको नामबारे अहिले पनि सोचिरहेको जानकारी दिएका छन् । मेगनले सोमबार बिहान ३ केजी २ ग्रामको बच्चा जन्माएकी हुन् । बकिङ्घम प्यालेसका अनुसार बच्चा जन्माउने बेला ह्यारी पनि मेगनसँगै थिए । बच्चाको जन्मपछि ह्यारीले आफ्नो सन्तान तोकिएको मितिभन्दा केही ढिला जन्मिएको जानकारी दिए ।

बच्चा जन्मेको हेर्दा कस्तो अनुभव भयो भनेर सोध्दा उनले हाँस्दै भने, ‘यो पक्कै पनि मेरो पहिलो अनुभव हो । यसअघि यस्तो अनुभव पाएको थिइनँ । यो निकै नै उत्कृष्ट अनुभव हो । बच्चा जन्मिएपछि श्रीमतीप्रति मेरो माया थप प्रगाढ भएको छ साथै निकै गर्व पनि गर्छु ।’

‘सबै आमा बुवाले आफ्नो सन्तानलाई उत्कृष्ट नै भन्छन् तर म यो भन्न चाहन्छु कि यी सानो मान्छेले मलाई कति भाग्यमानी बनाइदिएको छ । म अहिले आकाशमा उडिरहेको छु जस्तो लागिरहेको छ ।’

उनले थपे, ‘यो मेरो लागि अद्भूत अनुभव थियो । मैले यस्तो होला भनेर कहिले कल्पनासमेत गरेको थिइनँ ।’ ‘बच्चा जन्माउनका लागि महिलाले जुन अवस्थाबाट गुज्रनुपर्छ त्यसको वर्णन नै गर्न सकिन्नँ ।’

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्