Logo
६ जेष्ठ २०८१, आईतबार
(May 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तरी फिलिपिन्समा ५.८ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

मनिला :  फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५.८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस भूकम्पको केन्द्रबिन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ किलोमिटर गहिराईमा रहेको छ ।

यस भूकम्पको कम्पन वरपरको कैयौं शहरहरुमा महसुस गरिएको छ । यस भूकम्पका कारण जनधनको क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ । यस शक्तिशाली भूकम्पपछि परकम्पनको पनि आशङ्का गरिएको छ ।

यद्यपी अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले यो भूकम्प ५.५ म्याग्नीच्युडको मात्र भएको जानकारी दिएको छ । (सिन्ह्वा)

प्रकाशित मिति: May 6, 2019

प्रतिक्रिया दिनुहोस्