Logo
२ जेष्ठ २०८१, बुधबार
(May 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाख्राको हमलाबाट १३ वर्षीय किशोरको मृत्यु

मुम्बई :  भारतको मुम्बईस्थित विक्रोलीमा शनिबार राती बाख्राको हमलामा परी १३ वर्षे किशोरको मृत्यु भएको छ ।

घटना सूर्या नगरको इस्लामपुरा इलाकाको हो । गत बुधबार (बैशाख १८) मा सरताज अली लियाकत अली शेख नामका ६ कक्षामा पढ्ने बच्चा सडकमा खेलिरहेका बेला एउटा बाख्राले हमला गरेको थियो । उनलाई तत्काल सायन अस्पताल पुर्‍याइयो जहाँ शनिबार उनको मृत्यु भयो ।

पोस्टमर्टमपछि परिवारलाई शव सुम्पिएको थियो र आइतबार बेलुकी उनको अन्तिम संस्कार गरियो । एक पुलिस अधिकारीका अनुसार घटना एक दुर्घटना थियो र ‘एक्सिडेन्टल डेथ’ को रिपोर्ट फाइल गरिएको छ । यद्यपी, एक वरिष्ठ पुलिस अधिकारीका अनुसार बाख्राका मालिकले यदि उक्त बाख्रालाई नबाँधेर उक्त इलाकामा त्रास पैदा गर्छन् भने उनलाई कारवाही गरिने छ ।

प्रकाशित मिति: May 6, 2019

प्रतिक्रिया दिनुहोस्