Logo
२५ बैशाख २०८१, मंगलबार
(May 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिग बीको स्वास्थ्य अवस्था नाजुक, घरकै आँगनमा १५ सेकेन्ड पनि उभिन सकेनन्

मुम्बई :  बिग बीको नामले चर्चित अमिताभ बच्चनका प्रशंसक अत्यधिक छन् । भारतीय प्रशंसकले अमिताभलाई यति प्रेम र सम्मान गर्छन् कि उनको एक झलक पाउन घण्टौं प्रतिक्षा गर्छन् । अमिताभ पनि उनीहरुलाई निराश बनाउँदैनन् ।

हरेक आइतबार घरको प्राङ्गणमा राखिएको एउटा अग्लो स्थानमा बसेर घरको गेट बाहिर उभिएका हज्जरौं प्रशंसकलाई नमस्कार गरेर हात हल्लाएर भेट गर्छन् । यो करिब १५ देखि २० मिनेटसम्म हुन्छ । तर यो आइतबार यस्तो हुन सकेन । अमिताभले सोसल मिडियामा स्वास्थ्यमा आएको खराबीका कारण आफूले यस्तो गर्न नसकेको जानकारी दिए ।

७६ वर्षीया बच्चन, पछिल्लो ३६ वर्षदेखि हरेक आइतबार जुहुस्थित आफ्नो आवास जलसामा प्रशंसकलाई दर्शन दिन्छन् । उनको यो साप्ताहिक भेट कार्यक्रमको नाम ‘सन्डे दर्शन’ हुन्छ । तर हिजो (२२ बैशाख) मा उनले प्रशंसकलाई आफ्नो दर्शन दिन सकेनन् । आफ्नो ट्वीटर अकाउन्टमा उनले यसबारे जानकारी दिँदै लेखे, ‘आज सन्डे दर्शन गर्ने छैन । तपाईंहरु सबैलाई यो जानकारी दिन चाहन्छु कि स्वास्थ्य खराब छ, चिन्ताको कुनै कुरा छैन, बाहिर मात्र आउन नसक्ने भएको छु ।’

फिल्मको कुरा गर्ने हो भने बच्चन यतिबेला ‘ब्रह्मास्त्र’ र ‘तेरा यार हूँ’ नामक फिल्मको सुटिङमा व्यस्त छन् ।

प्रकाशित मिति: May 6, 2019

प्रतिक्रिया दिनुहोस्