Logo
६ जेष्ठ २०८१, आईतबार
(May 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइपीएल : कोलकातालाई हराउँदै मुम्बईको रोमाञ्चक जीत, क्वालिफायरमा प्रवेश

एजेन्सी :  मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को क्वालिफायरका लागि छनोट भएको छ । आइतबार राति लिग चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा स्थान बनाएको हो ।

क्वालिफायरमा मुम्बईले चेन्नेई सुपर किंग्ससँग खेल्नेछ । कोलकाता भने प्रतियोगिताबाट बाहिरिएको छ । १ सय ३४ रनको लक्ष्य मुम्बईले १६.१ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गरेको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धसतकीय इनिङ खेले । उनले ५५ रन बनाएका थिए । सुर्यकुमार यादवले अविजित ४६ र क्विनटन डी ककले ३० रन बनाए । बलिङमा कोलकत्ताका प्रसिद्ध कृष्णले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङमा गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । कोलकाताका लागि क्रिस लिनले ४१ रन बनाए । रोविन उथ्थपाले ४० र नितिश रानाले २६ रन बनाए । बलिङमा मुम्बईका लाथिस मालिङ्गाले ३ विकेट लिए । हार्दिक पाण्डेया र जसप्रित बुम्राहाको २-२ विकेट झारे ।

निर्णायक यस खेल हारेपछि कोलकत्ता प्रतियोगिताबाट बाहिरिएको छ । कोलकाता पराजित भएपछि सनराइजर्स हैदरावाद प्लेअफमा छनोट भएको छ । कोलकाता र हैदरावादको समान १२ अंक भएपनि नेट रनरेटका आधारमा हैदरावाद प्लेअफमा स्थान बनाएको हो ।

प्रकाशित मिति: May 6, 2019

प्रतिक्रिया दिनुहोस्