Logo
६ जेष्ठ २०८१, आईतबार
(May 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आपत्‌कालीन अवतरण गरेको जहाजमा आगो लाग्दा ४१ जनाको मृत्यु

रूस :  मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाईजहाजमा आगो लाग्दा मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको अधिकारीहरूले जनाएका छन्। रूसका संघीय अनुसन्धानकर्ताहरूले उक्त जानकारी दिएका हुन्।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा आगो लागेको जहाजको आपत्तकालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिन्छ। रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा २ जना बालबालिका र १ जना विमान परिचारिका रहेको जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयले ६ जना अस्पतालमा भर्ना गरिएको र ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ। १ जना प्रत्यक्षदर्शीले ७८ जना यात्रुहरू रहेको जेट विमानबाट मानिसहरू निस्किएर भाग्न सक्नु ‘चमत्कार’ भएको बताए ।

प्रकाशित मिति: May 6, 2019

प्रतिक्रिया दिनुहोस्