Logo
१२ श्रावण २०८१, शनिबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपद् व्यवस्थापनमा जुट्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटन् सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागले हावाहुरी र वर्षाजस्ता प्राकृतिक प्रकोप आईपर्ने चेतावनी दिईरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको व्यवस्थापन हुने गरी पूर्व तयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको हो ।

आईतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरवारमा आयोजित विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दोस्रो बैठकमा बोल्दै प्रधानमन्त्रीले विपत्तिका बेला राहत तथा उद्धार र त्यसका लागि आवश्यक सबै उपकरणहरुको व्यवस्था गर्न पनि संघ, प्रदेश र स्थानीय सबै तहका सरकारलाई सचेत गराउनु भएकोे गृह सचिव प्रेमकुमार राईले जानकारी दिए ।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्